मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

फोहोरबाट आम्दानी गर्दै व्यास नगरपालिका

व्यास नगरपालिकाले खेर गइरहेको नकुहिने फोहोरलाई व्यवस्थापन गरी बिक्री गरेर आम्दानी गर्न थालेको छ। नगरपालिकाले फोहोरलाई सूक्ष्म रूपमा वर्गीकरण गरी पहिलो चरणमा बिक्री सुरु गरेको हो।

Mayorsap

आइत, भदौ ९, २०८१ | १४:०१ बजे

व्यास नगरपालिकाले खेर गइरहेको नकुहिने फोहोरलाई व्यवस्थापन गरी बिक्री गरेर आम्दानी गर्न थालेको छ। नगरपालिकाले फोहोरलाई सूक्ष्म रूपमा वर्गीकरण गरी पहिलो चरणमा बिक्री सुरु गरेको हो।

 

नगरपालिकाका वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेका अनुसार, नगरपालिकाले हालसम्म ५० हजार रुपैयाँ बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ। अन्य नकुहिने फोहोरलाई पनि बिक्री गर्न बोलपत्र आह्वान गरिएको छ। नगरपालिकाले विभिन्न फोहोर वस्तुहरूको न्यूनतम दररेट कायम गरी बोलपत्र आह्वान गरेको छ। जसअनुसार, आल्मुनियम प्रतिकेजी र५० रुपैयाँ, फलाम २८ रुपैयाँ, टीन २०रुपैयाँ, पानीको बोतल २० रुपैयाँ, कपडा ४।५० रुपैयाँ, कपि १५, रुपैयाँ र किताब १४ रुपैयाँ दररेटमा बिक्री गरिने छ।

 

पहिले वडा नं ३ मादी नदी किनारमा नकुहिने फोहोर व्यवस्थापन गरिँदै आए पनि सम्झौता अवधि सकिएपछि अब कार्यालय परिसरमै फोहोर व्यवस्थापन गर्ने काम भइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले फोहोर व्यवस्थापनका लागि नगरपालिकाले पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहोर वर्गीकरण गर्ने योजना अघि बढाएको जानकारी दिए।

 

नगरपालिकाले सरसफाइ क्षेत्रमा खर्च कटौती गर्दै फोहोरबाट मासिक एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको छ। यसअघि नगरपालिकाले नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन गरिरहेको थियो । 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology