मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदले ९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय

स्टेरिङ् कमिटीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्यका रूपमा चयन भएका छन्।

Mayorsap

शुक्र, भदौ १४, २०८१ | १४:३४ बजे

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको दोस्रो बैठकले परिषदको निर्णय प्रक्रिया, समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको छ। परिषदमा ३५ सदस्य भएको कारण कार्यसम्पादनमा कठिनाइ भएपछि यसलाई चुस्त बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा यो कमिटी गठन गरिएको हो।


स्टेरिङ् कमिटीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्यका रूपमा चयन भएका छन्। यस्तै, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, र सडक विभागका प्रतिनिधिहरूलाई पनि सदस्य राखिएको छ। परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन ।

बैठकमा आर्थिक वर्ष २०८०/८१ को खर्च अनुमोदन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९ करोड ६२ लाख रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरिएको छ। यस बजेटबाट जिआइइस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ् सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्याङ्क संकलन, रुट पुनरावलोकन, र सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

बैठकमा संघीय सरकार र काठमाडौँ महानगरपालिकाबाट यस वर्ष प्रदान गरिएको रकम र अघिल्लो वर्षको मौज्दात रकमबारे जानकारी गराइएको छ। यस वर्ष काठमाडौँ महानगरपालिकाले ८ करोड र संघीय सरकारले १ करोड रुपैयाँ प्रदान गरेका छन् भने अघिल्लो वर्षको मौज्दात रकम ६२ लाख रुपैयाँ रहेको छ।

बैठकका अध्यक्ष शाहले सार्वजनिक यातायात प्रणालीको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तहको प्रमुख भूमिका रहने बताउँदै स्थानीय तहकै आर्थिक योगदानमा यसलाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । परिषदमा मनोनित हुने प्रतिनिधिहरू सम्बन्धित क्षेत्रका आधिकारिक प्रणालीबाट मात्र आउन पाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने पनि महर्जनले बैठकमा उल्लेख गरे।

बैठकले परिषदका सदस्य पालिकाहरूलाई यातायात फोकल पर्सन तोकेर ७ दिनभित्र परिषदमा नाम पठाउन अनुरोध गरेको छ। बैठकमा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको अवस्थाका विषयमा सर्वेक्षण गरिएको र त्यसको विवरण परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले प्रस्तुत गरेका थिए । यस सर्वेक्षणमा १३२ स्थानमा

१ हजार ८२६।५ किलोमिटर सडक समेटिएको र ४६ वटा सेवा सञ्चालकहरूले सेवा दिइरहेको पाइएको छ।  प्राधिकरणले सार्वजनिक यातायात सम्बन्धी नीति, योजना र रणनीति तयार पार्ने, वातावरणमैत्री यातायात प्रणाली विकास गर्ने, र सार्वजनिक यातायातको नियमन तथा व्यवस्थापन गर्ने कार्यहरू गर्नेछ।

यसअघि, परिषदको पहिलो बैठक गएको वर्ष भदौ २८ गते बसेको थियो, जसमा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणसँग कुनै निर्णय अघि समन्वय गर्ने निर्णय भएको थियो।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology