मेयरसाप

विद्यालय

दिवाखाजाले विद्यार्थी नियमित विद्यालय आउन थाले,बिचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्य

आर्थिक रूपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजाँदा पढाइ प्रभावित हुँदै आएको थियो । ‘कक्षा दोहोर्‍याउने,बिचमै विद्यालय छाड्ने र कक्षामा नियमित विद्यार्थी नआउने समस्या विगतमा थियो,’विद्यालयका दिवाखाजा व्यवस्थापन गर्दै आएका स्राेत शिक्षक डबलबहादुर ठगुन्नाले भने, ‘दिवाखाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’

Mayorsap,विवेक मण्डल

सोम, असोज २८, २०८१ | १४:१० बजे

काठमाडौँ 
असोज २८ गते, 
शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बिचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्य छ । विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइराख्न सहयोग पुर्‍याएको हो । 
आर्थिक रूपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजाँदा पढाइ प्रभावित हुँदै आएको थियो । ‘कक्षा दोहोर्‍याउने,बिचमै विद्यालय छाड्ने र कक्षामा नियमित विद्यार्थी नआउने समस्या विगतमा थियो,’विद्यालयका दिवाखाजा व्यवस्थापन गर्दै आएका स्राेत शिक्षक डबलबहादुर ठगुन्नाले भने, ‘दिवाखाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’
उनका अनुसार नगरको शिक्षा शाखाबाट बाल कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई मात्रै दिवाखाजा खुवाउनका लागि प्रतिविद्यार्थी  १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा एकदेखि आठसम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको स्राेत शिक्षक ठगुन्नाले बताए । ‘कुन बार कस्तो खानेकुरा खुवाउने भन्नेबारे ‘मेनु’ नै बनाएका छौँ,’ उनले भने, ‘त्यसैअनुरूप पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ ।’
विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई आइतबार खिर,सोमबार दालभात,मंगलबार फ्राई गरिएको चना,बुधबार अन्डा राखिएको राइस फ्राई,बिहीबार खिचडी र शुक्रबार फलफूल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एकजना भान्सेको पनि व्यवस्था गरिएको छ । 
विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए । खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुँडा खरिदसँगै भान्सेको मासिक तलब सात हजार व्यहोरिँदै आएको छ । 
योसँगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक,शिक्षक,विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात,फलफूललगायतका अन्य खाद्यान्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर खरिद गरी सञ्चालमा ल्याइएको छ ।
दिवाखाजाको खर्च आम्दानीको विवरण हरेक तीन–तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरूलाई कार्यान्वयनमा लैजाने गरिन्छ । दिवाखाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology