मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

रास्वपाका सांसद एवम् कार्यकर्तालाई अदालतको अवहेलना मुद्दा किन लाग्यो ?

Mayorsap

शुक्र, कार्तिक ३०, २०८१ | १२:२१ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित सो पार्टीका २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्बोच्च अदालतमा दर्ता भएको अदालतको अबहेलना मुद्दामा मंसिर ३ गतेका लागि पेसी तोकिएको छ ।

 

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो ।

 

के कारण रास्वपाका नेता कार्यकर्तामाथि लाग्यो अदालतको अवहेलना मुद्दा ?

 

रास्वपाका सभापति रवी लामिछाने सहकारीको पैसा अपचलनमा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगेका छन् । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रबी प्रचण्डको सरकार ढलेसँगै सत्ताबाट बाहिरिए ।

 

सत्तामा हुँदा पनि उनलाई काम गर्न भने सहज कहिल्यै भएन । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाली कांग्रेसले गोरखा मिडिया सञ्चालनमा ल्याउन सहकारीको पैसा ल्याएको र त्यसमा रबीको संलग्नता रहेको आरोप लगायो र छानबिन गर्न दबाब दियो । छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले निक्कै संघर्ष ग¥यो । अन्त्यमा संसदीय छानबिन समिति गठन भयो र रबी लामिछानेलाई गोरखा मिडियामा सहकारीबाट आएको पैसा खर्च गरेको आधारमा अनुसन्धान गर्न सरकारलाई निर्देशन दियो ।

 

रबी संलग्न भएको सत्ता पनि ढल्यो । त्यसपछि कांग्रेस र एमाले मिलेर सरकार बनाए । रास्वपा र माओवादी सत्ताबाट नचाहँदा नचाहँदै बाहिरियो । अनि सरकारले रास्वपाका सभापनि रबी लामिछानेलाई पक्राउ गर्यो । पक्राउ गर्नुभन्दा अघि रास्वपाले रबी सहकारी ठगी प्रकरणमा दोषी नरहेको संसदीय समितिको प्रतिवेदनले देखाएको दाबी गरिरह्यो । तर एमाले र कांग्रेसले भने त्यस्तो नभएको भन्दै रास्वपाको जिकिरको प्रतिवाद गरिरहे ।

 

अन्ततः रबी लामिछिाने पक्राउको बिरोधमा रास्वपा पार्टी नै सडकमा आयो र सरकारको चर्को बिरोध गर्यो । त्यही बिरोधलाई आधार बनाउँदै अदालतलाई स्वतन्त्र रुपमा काम गर्न अवरोध भएको भन्दै सर्बोच्च अदालतमा रास्वपाका नेता कार्यकर्ताबिरुद्ध अबहेलनाको मुद्दा दर्ता गरिएको हो । निवेदन दायर गर्ने व्यक्त हुन् अधिवक्ता अनुपम भट्टराई । निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा हुँदा पनि पार्टीको सभापतिकै रूपमा प्रतिनिधित्व गरिरहेको र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद, पार्टीका सदस्य तथा शुभेच्छुकलाई संयमित हुन निर्देशन नदिएको उल्लेख गरेका छन् ।

 

कात्तिक ४ गते कास्की जिल्ला अदालतमा पेस गर्दै गर्दा रविले कार्यकर्तालाई सरकार नढलेसम्म आन्दोलन जारी राख्न निर्देशन दिएका थिए । अधिवक्ता भट्टराईले त्यसलाई अदालतको कार्यसम्पादन निष्पक्ष नहुन दिन परोक्ष रूपमा रवि नै लागिपरेको पनि उल्लेख गरेका छन् ।

 

भट्टराईले रास्वपाका कार्यवाहक प्रवक्ता झाको अभिव्यक्ति नै उल्लेख गरी अदालतको अवहेलना आकर्षित हुने उल्लेख गरेका छन् । “रास्वपाका कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले पोखरा भेलामा बोल्ने क्रममा ‘न्यायाधीशलाई सोध्नुहोला, तपाईं कुन पार्टीको ?’ …लगायत कुरा प्रत्यक्ष भनेका छन्,” निवेदनमा भनिएको छ, “सार्वभौम संसद्को सांसद पद धारण गरेका विपक्षीहरूले अदालतप्रतिको जनआस्थालाई भत्काउने गरी सञ्चालन गर्दै आएको कार्यले विपक्षीहरूलाई थप सजाय हुनुपर्छ ।”


 

भट्टराईले निवेदनमा रास्वपा नेताका अभिव्यक्तिले न्यायको प्रवाहलाई अवरुद्ध गर्ने भन्दै अवाञ्छित लाञ्छना लगाएर न्यायिक कारबाहीमा भ्रम सृजना गर्ने दाबी गरेका छन् । उनले अदालत, संलग्न न्यायाधीश वा कर्मचारी, मुद्दाका पक्ष र कानुन व्यवसायीलाई न्यायको मार्गबाट विचलित गर्ने दूषित मनसायका साथ जनताको नजरमा न्यायपालिकाको प्रतिष्ठा गिराउने काम रास्वपाले गरेको पनि उल्लेख गरेका छन् ।

 

उनले आफूले प्रमाण कागज संलग्न रहेकाबाहेक मिडियामा प्राथमिकतासाथ आएका विषय अदालतलाई जानकारी रहेको अनुमान पनि गरेका छन् । “विपक्षीहरू विधायक भएको र कानुन निर्माण गर्ने जनता, समाज र देशको हकहितमा काम गर्नुपर्नेमा अदालतमा विचाराधीन रहेको मुद्दाका विषयलाई प्रभावित पार्ने कलुषित मानसिकता राखी अदालत, सरकारविरुद्ध हुलहुज्जत, भेला, सभा, समारोह गरी स्वतन्त्र न्यायपालिकाको अवधारणालाई गम्भीर चोट पुर्‍याएको छ,” भट्टराईले सजाय दाबीमा भनेका छन्, “......विपक्षीहरू पार्टीको कार्यवाहक प्रवक्ता तथा संघीय संसद्को पदमा रहेको व्यक्तिले अदालतको अवहेलना हुने कार्य गर्नु भएको हुँदा विपक्षीलाई हदैसम्मको कारबाही गरी सजाय दिलाइ पाउन यो निवेदन दायर गरेको छु ।”
मनिष झाको अभिव्यक्ति बन्यो अदालतको अवहेलना मुद्दाको आधार 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology