मेयरसाप

स्थानीय तह

कीर्तिपुर नगरपालिका

खेलकुद मेला

काठमाडौं दरबार क्षेत्र

केपी ओली

नलगाड नगरपालिका

रेसुङ्गा नगरपालिका

स्काइ–वाक टावर

देवचुली नगरपालिका

पुरातात्विक संरचना

गोलबजार नगरपालिका

तेह्र वर्षमा पनि पूरा भएन जलजला पालिकाका नागरिकलाई वितरण गर्न सुरू गरेकाे खानेपानी आयोजना

Mayorsap

बुध, मंसिर १९, २०८१ | १२:४१ बजे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।     
     
 जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले विसं २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो ।     
     
 जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माण १३ वर्ष भइसक्दा पनि पूरा हुन नसकेको बताउनुभयो । “रु तीन करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा रु दुईदेखि पाँच लाखका दरले बजेट आउँदा निर्माणले गति लिन नसकेको हो”, उहाँले भन्नुभयो, “हालसम्म प्राप्त भएको रु ५० लाख खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।”     
     
 सङ्घीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताउनुभयो ।     
     
 “स्वच्छ खानेपानीको आशमा यहाँको स्थानीयले १३ वर्ष बिताएका छन्”, उहाँले भन्नुभयो, “निर्माण गरेका इन्टेक, रिजर्भ ट्याङ्की र धारा पनि पानी नआउँदै जीर्ण भएका छन् ।” म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जङ्गलको मुहानको पानी सङ्कलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो ।     
     
 स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् । खानेपानीको असुविधा हुँदा दैनिकी प्रभावित भएको स्थानीय पूर्खपुर्जा पुनले बताउनुभयो । आयोजनाले समेटेको फलामेडाँडा पर्यटकीयस्थल पनि हो ।     
     
 चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि रु दुई करोड १० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई रु १० लाख विनियोजन गरेको छ । सङ्घीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना एक, पाँच र सात तथा बाँसखर्क कुकुरच्यान जलजला एकदेखि पाँचको शीर्षकमा रु एक÷एक करोड विनियोजन गरेको छ ।     
     
 गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुुने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक–फरक आयोजना अनुसार काम र क्षेत्र बाँडफाँड गरेर निर्माण गरिने उल्लेख गर्नुभयो ।     

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology