Ad Image

बहिष्कार गरेको प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738316605.jpg

काठमाडौँ । प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।


यसअघि रास्वपाका सांसदले बोल्नका लागि विशेष समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले बैठकको पहिलो दिन शून्य र विशेष समयको व्यवस्था नगरिएको भनेपछि उनीहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।


सभामुख घिमिरेले आसन ग्रहण गर्न बारम्बार आग्रह गरे पनि रास्वपाका सांसदले अवरोध जारी राखेका थिए । उनीहरूको विरोधकै बिच सभामुखले बैठकको कारबाही अघि बढाएका थिए । त्यसपछि रास्वपाका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।