मेयरसाप

कर्मचारी

बैजनाथ गाउँपालिका

चन्द्रकोट गाउँपालिका

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

दङ्गीशरण गाउँपालिका

सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त

Mayorsap

शुक्र, फागुन २, २०८१ | २०:४७ बजे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त भएका छन् । आयोगको सदस्यमा नेपाली कांग्रेसबाट धनगढी उपमहानगपालिकाका नृपबहादुर सुनार र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पुर्चौडी नगरपालिका–५ बैतडीका कर्णबहादुर कुवँर आज नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरुलाई आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोगका उपाध्यक्ष डा जीवन रानाले पद तथा गोपनीयताका शपथग्रहण गराएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव प्रयाग खनालले जानकारी दिए । 

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले गरेको निर्णयानुसार आयोगको सदस्यमा उनीहरूलाई नियुक्त गरिएको खनालले बताए । गत पुसमा प्रदेश सरकारले आयोगको उपाध्यक्षमा धनगढी उपमहानगरपालिका निवासी डा राना र सदस्यमा कञ्चनपुर भीमदत्त नगरपालिकाका डा हीरा चन्द र डडेलधुरा गन्यापधुरा गाउँपालिकाका शेरबहादुर भण्डारीलाई नियुक्त गरेको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology