मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

छात्रावृत्ति

रेसुङ्गा नगरपालिका

बीउ

छाउपडी

राजीनामा

कोशी प्रदेशः मन्त्रिपरिषद् बैठक, यस्ता छन् निर्णयहरु

Mayorsap

शुक्र, फागुन ९, २०८१ | ०९:५६ बजे

मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८१ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।


आज बसेको बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ र सार्वजनिक खर्चको मापदण्ड र मितव्यययितासम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।


गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई बजेट बाँडफाँट (सम्बन्धित सुरक्षा निकायबाट बजेट कार्यान्वयन हुने गरी) गर्ने र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयबाट कार्यान्वयन हुने गरी सुरक्षा निकाय एवं उच्च तथा जिल्ला बारको भवन मर्मतका लागि बाँडफाँड भएको बजेट स्वीकृत गर्ने निर्णय भएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology