मेयरसाप

चौरजहारी नगरपालिका

गुणस्तरहीन दुध

उपेन्द्र यादव

छाउपडी

छेडागाड नगरपालिका

'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि सुरु

Mayorsap

आइत, फागुन ११, २०८१ | ०९:२८ बजे

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि केपी ओली कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिएका छन् । 

 

प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड मछिन्द्र क्लब, एनआरटी क्लब, संकटा क्लब र केपी ओली एफसी खेल्दै छन् ।

 

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने छ भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् । आज प्रतियोगिताको पहिलो दिन एएफपी र उज्बेकिस्तानको ब्ल्याक बुल्स खेल्दै छन् । एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुने छ ।

 

युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ । त्यसैगरी प्रतियोगिताको भ्यालुएबल खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology