मेयरसाप

तिलागुफा नगरपालिका

रेणु दाहाल

न्यायिक समिति

रेसुङ्गा नगरपालिका

वडा अध्यक्ष

जुम्लाको सबै स्थानीय तह सडक सञ्जालमा जोडियो

Mayorsap

आइत, फागुन ११, २०८१ | ११:५० बजे

जुम्ला । जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । साठी वडामध्ये तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका–१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

 

यहाँका सबै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सञ्चालन हुन थालेका छन् । यसअघि यहाँको सदरमुकाम खलङ्गा हुँदै कर्णाली राजमार्ग जुम्ला–नाग्म सडकखण्ड र नाग्म–गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए ।

 

अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

 

जुम्लामा रहेको नमस्ते हिमचितुवा यातायात प्रालिले यहाँका मुकाम खलङ्गा हुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ । सोही यातायातले खलङ्गाबाट रारालिहि, रारालिहिबाट मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology