वडा कार्यालयले गर्यो ५ सय ५ जनालाई झुल वितरण
Mayorsap
बिही, फागुन २२, २०८१ | २१:५१ बजे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ का स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ । वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पाँच सय पाँच जनालाई झुल वितरण गरिएको वडाध्यक्ष माहेताब आलम खाले जानकारी दिए । उनका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा गर्भवतीलाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।
अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । “डेङ्गी, मलेरिया तथा लामखुट्टेबाट सर्ने अन्य रोगबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरिएको उनको भनाइ छ । वडा सचिव रामप्रसाद चौधरीले झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।