त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपकराज जोशी ८ मतले विजयी भएका छन् । नेविसंघका जोशीले ७८९ मत पाएका छन् भने एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत पाएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा जम्मा मतदाता ३१ सय १८ जना रहेको थियो ।