मकवानपुरको सिस्नेरी खोलामा डुबेर दाजुभाईसहित ३ बालकको मृत्यु


हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी रहेको प्रहरीले जनाएको छ । प्रमेश र प्रमाध दाजुभाई हुन भने आचार्य उनीहरुको मामाको छोरा हुन् ।
उनीहरू पौडी खेल्नको लागि सिस्नेरी खोला गएकोमा आज अपरान्ह करिब साढे ४ बजे डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरिक्षक ललिता ढकालले जानकारी दिइन् । मृतकको शव पोष्टमार्टमको लागि काठमाडौं पठाइएको छ ।