मेयरसाप

अर्थ

स्वास्थ्य

राजनीतिक दल

भरतपुर महानगरपालिका

रेणु दाहाल

काठमाडौं महानगरपालिका

नाम्खा गाउँपालिका

गोलबजार नगरपालिका

पहिरो

लमही नगरपालिका

गुणस्तरहीन दुध

प्रदेश र स्थानीय सरकारलाई साथमा लिएर संघीय सरकार अघि बढ्छ : प्रधानमन्त्री ओली

Mayorsap

आइत, फागुन २५, २०८१ | २१:३७ बजे

सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर संघीय सरकार अघि बढ्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा उत्पन्न विविध अप्ठेरा एवं व्यवधानका चुनौतीलाई सामना गर्न सबै प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर अघि बढिने स्पष्ट पारे । उनले उद्यमशीलताको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने कामलाई अगाडि बढाउनुपर्ने बताए । प्रदेशलाई आधुनिक, विकसित, समृद्ध बनाउन र सुशासन कायम गर्न पहल हुनुपर्नेमा जोड दिँदै उनले भने, “छिट्टै रोजगार प्रवर्द्धनका लागि हुन लागेको सम्मेलनमा सुदूरपश्चिम प्रदेशको पनि सहभागिता जरुरी छ ।”

 

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालादेखि बिग्रिएको देशको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले प्रयास गरिरहेको बताए । उनले आफू प्रदेशका समस्यासँग जानकार रहेको उल्लेख गर्दै कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा छिट्टै सञ्चालन गरिने बताए । टनकपुर सम्झौता गर्दा बिग्रिएको पञ्चेश्वर परियोजनालाई सुधारेर अघि बढेको, खुटिया–दिपायल–चैनपुर जाने बाटो महाकाली करिडोर, दार्चुलाको तिङ्करसम्म बाटो बनाउनेजस्ता विकासका काममा सरकारको ध्यान गएको उनले बताए । 

 

सभ्यता, संस्कृति र विनम्रताको संस्कार भएको हाम्रो देशमा नराम्रो संस्कार देखाउने, असभ्यता देखाउने बाटोमा धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन, “समाजमा सभ्य, शालीन उन्नत संस्कृति स्थापित गर्न सबै लाग्नुपर्छ ।”

 

लोकतन्त्र, संविधान र कानुन नमान्ने प्रवृत्ति बढेको तथा अस्थितरता र अराजक क्रियाकलापले देश अप्ठ्यारोमा पर्न लागेकाले लोकतान्त्रिक विधि र कानुनअनुसार देश चल्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, “नेपालको संविधान कसैले दिएको नभई जनताको बलिदानीसहित संविधानसभाबाट बनेको संविधान हो, अराजकताको बाटोबाट हिँडेर कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना नदेखे हुन्छ ।”

 

सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । कांग्रेस र एमालेको अहिलेको सरकारले सहमतिबमोजिम पूरा समय काम गर्ने प्रधानमन्त्री ओलीले बताए । प्रदेशलाई विकसित एवं समृद्धिको दिसामा लैजाने काममा लाग्न उनले प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology