Ad Image

ट्रम्पले घोषणा गरे नयाँ भन्सार शुल्क, कुन देशको सामानमा कति कर ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743653830.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ‘पारस्परिक कर’को घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिँदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले अमेरिकालाई सफल बनाउन सहयोगी हुने बताइएको छ।  तर, ट्रम्पको ट्यारिफ, जुन उनले कार्यकारी आदेश मार्फत लगाएका छन, त्यसले विश्वभर आर्थिक झटका भने लगाएको छ। विश्वभरीबाट प्रतिक्रिया आउने क्रम जारी छ । 

 

किनभने ह्वाइट हाउसले लगभग १०० देशहरूको सूची जारी गरेको छ, जसमाथि अमेरिकाले लगाउने ‘ट्यारिफ दर’हरू उल्लेख गरिएको छ । १० प्रतिशत आधारभूत ट्यारिफ ​​​​​​​ट्रम्पले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सूची यस्तो छ ।

१. युनाइटेड किंगडम
२. सिंगापुर
३. ब्राजिल
४. अस्ट्रेलिया
५. न्युजिल्याण्ड
६. टर्की
७. कोलम्बिया
८. अर्जेन्टिना
९. एल साल्भाडोर
१०. संयुक्त अरब इमिरेट्स
११. साउदी अरेबिया

उच्च दरको कर लागेका देशहरू

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार ३ अप्रिलबाट लागू हुने लगभग ६० वटामा विशिष्ट पारस्परिक ट्यारिफहरू लगाइएको छ । यी देशहरूले अमेरिकी सामानहरूमा उच्च शुल्क लगाउँदै आएका छन्, जसको बदलामा अमेरिकाले पनि उच्च दरको कर लगाउने निर्णय गरेको हो ।
१. यूरोपीय संघः २० %
२. चीन : ५४ %

३. भियतनाम : ४६ %
४. थाइल्याण्ड : ३६ %
५. जापान : २४ %
६. कम्बोडिया : ४९ %
७. दक्षिण अफ्रिका : ३० %

८. ताइवान : ३२ %

९. भारत  २६ %

 
क्यानाडा र मेक्सिकोमा कुनै अतिरिक्त शुल्कहरू छैनन् किनभने क्यानाडा र मेक्सिको यी नयाँ ट्यारिफ घोषणाहरूमा उल्लेख गरिएको छैन।