मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

एम्बुलेन्स

श्री राष्ट्रिय माध्यमिक विद्यालय

जलजला गाउँपालिका

घोराही उपमहानगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

सिराहाका निजी अस्पतालहरुको ब्रम्हलुट: ५ रुपैयाँ पर्ने इन्जेक्सन बेचेर सय रुपैयाँ असुली

नियमक निकाय हेरेकाे हेरै !

मुकेशकुमार यादव

बुध, बैशाख १७, २०८२ | १२:०९ बजे

सिराहा । घटना हो, गत चैत २६ गतेको। सिरहाको कल्याणपुर नगरपालिका १ चतरी वनिनियाकी रचनाकुमारी मण्डल मोटरसाइकल दुर्घटनामा परि २६ गते दिउँसो घाइते भएकी थिइन् । मिर्चैयाबाट घरजाने समयमा दुर्घटनामा परेकी उनको खुट्टामा बढी चोट लागेकोले हतार हतार मिर्चैयाको मनकामना अस्पताल पुगिन्। सबै सेवा सुविधा पाइन्छ भनेर नजिकैको अस्पतालमा पुगे पनि खुट्टाको हड्डी फ्याक्चर भएकोले त्यहाँ उनको उपचार सम्भव भएन। त्यसपछि उनले हाडजोर्नी डाक्टरसँग चेक गराउनुपर्ने भयो र अर्को अस्पताल गइन।

 

तर मनकामना मिड इस्टर्न अस्पतालबाट डिस्चार्ज हुनेबेला औषधिको पैसा तिर्नुपर्ने भनेर फार्मेसीले रचनाकुमारीलाई बील थम्यायाे। अस्पताल भित्र रहेको बिकास मेडिकल हलले उनलाई ल्याब र इमेर्जेन्सीको  ४ हजार ७ सय र डाक्टर चार्ज एकहजार, अब्जर्भेसन चार्ज एकहजार तथा औषधि सहितको ६ हजार तीन  सय पैतिस रुपैयाँ गरी जम्मा ११ हजारको बिल थम्याइयो। उनले चार घण्टामै यतिको बिल कसरी भयो? भन्दा औषधि पसलले 'लौ पाँच सय डिस्काउन्ट गरिदिएँ, दश हजार पाँच सय मात्र दिनु' भन्यो। उनीहरूले औषधि पसलेले भनेकै रकम  तिरिदिए।

 

मिर्चैया नगरपालिका ७ कटारी चौकस्थित मनकामना मिड इस्टर्न अस्पतालभित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम लिने गरेको सेवाग्राहीहरू गुनासो गर्छन् । अस्पतालले चारघण्टाको अवधिमा मण्डललाई जम्मा १३ प्रकारको औषधि चलाएको बीलमा देखिन्छ ।

 

बिकास औषधि पसलले दिएको बिलमा आइभी सेट, फिक्स टेप, आइभी क्यानुला, आरएल सलाइन, जोन इन्जेक्सन, एसिलक इन्जेक्सन, केट्रोल इन्जेक्सन, डाइलोना इन्जेक्सन, टिटी इन्जेक्सन, एन एस ५ सय एमएल, सिरिन्ज १० एमएल, सिरिन्ज ५ एमएल र सर्जिकल ग्लोवस २ थान प्रयोग गरिएको बील डिटेलमा देखिन्छ ।

 

उक्त औषधि पसलले औषधि लगायतका मेडिकल सामग्रीको ६ हजारभन्दा बढी लिएको छ। तर, सोही औषधि र मेडिकल सामाग्री मिर्चैया नगरपालिकाले सञ्चालनमा ल्याएको मिर्चैया अस्पतालको फार्मेसीमा गएर खरिद गर्दा जम्मा एक हजार एकसय चार रुपैयाँ तिर्नुपर्यो।

 

अस्पतालको औषधि पसलेले सेवाग्राहीलाई दिएको बील र मिर्चैया अस्पतालको बीलबीच मूल्यको तुलना गर्दा, अधिकांश औषधिमा दोब्बरदेखि दशगुणासम्म बढी रकम लिएको देखिन्छ ।

 

बिकास औषधि पसलले दिएको बीलमा ५ रुपैयाँ पर्ने एसिलक इन्जेक्सनको एकसय, आइभी  सेट सामुदायिक अस्पतालमा ५० मात्र पर्नेमा मेडिकलले १५० लिएको छ।

 

त्यसैगरी, आइभी क्यानुलाको सामुदायिक अस्पतालमा ५०, निजी मेडिकलले २५०, इन्जेक्सन आरएलको सामुदायिक अस्पतालमा ५५ रूपैयाँ लिएको छ भन्ने उक्त फार्मेसीले २०० रुपैयाँ लिएको छ।

 

सामुदायिक अस्पतालमा क्रेप ब्यान्डेजको ५० देखि ६०, ग्लोबसको ८० लिएको छ। तर सोही ब्यान्डेजको बिकास फार्मेसीले तीनवटाको ५ सय रुपैयाँ र २ वटा ग्लोबसको १ सय साठ्ठी रुपैयाँ लिएको छ।

उक्त फरक विवरणले पनि सामान्य उपचार सेवामा समेत अत्यधिक रकम असुली गरेको पुष्टि हुन्छ। पीडित सेवाग्राही रचनाकुमारी मण्डलले प्राप्त बील सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो। यो औषधि पसलेले सेवाग्राही त ठगेको छ नै सँगै राज्यको लाखौं रकम राजस्व पनि छली गरेको प्रमाणहरू फेला परेका छन्।

 

उपचारमा आएकी मण्डल एउटा उदाहरणका पात्र मात्र हुन् । यो अस्पतालमा आउने जो कोही पनि ठगिएको प्रमाणहरु फेला परेको छ। औषधिको प्यान बीलमा बिरामीको इमेर्जेन्सी चार्ज, बेडचार्ज, नर्सिङ चार्ज र अबजर्भेसन चार्ज काट्नु नै गैरकानुनी हो। यस्ताे चार्ज भ्याट बीलमा काट्नुपर्ने हुन्छ । तर, बिकास मेडिकल हलको सबै बीलमा यी चार्जहरु लिएर राज्यको राजस्व समेत दोहन गरेको देखिन्छ। यसले पनि यो अस्पतालले वार्षिक लाखौं रकम राज्यको राजस्व छली गर्दै आइरहेको पुष्टि हुन्छ।

स्वास्थ्य सेवा आम नागरिकको अधिकार भए पनि निजी अस्पतालहरुले मनलाग्दी मूल्य लिने गरेको स्थानीय रामकुमार यादव बताउँछन् । उनी भन्छन्, ´हामी ऋणपान गरेर उपचार गराउँछौं। बाहिर पाउने उपचार नजिकै पाइहालिन्छ भनेर खुसी भएको हाम्रो समाज कहिलेसम्म ठगिनुपर्ने हो सरकार ? ऋण लिएर उपचार गराउँदा पनि ठगिनुपर्ने ?´

 

यतिमात्र होइन, अस्पतालभित्र सञ्चालनमा रहेको विकाश मेडिकल हल नै  अवैध रुपमा सञ्चान भइरहेको खुलेको छ । यो फार्मेसी  मिर्चैया नगरपालिका-६ मा दर्ता रहेपनि मिर्चैया-७ स्थित मनकामना अस्पतालभित्र चलाइएको छ । यस बिषयमा अस्पतालका सञ्चालक सुधीर श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनले ´बिरामीले आफूहरूसँग छुट माग्ने गरेकोले यसरी बढी रकम जोडेको' स्वीकार गरे। 'हामीसँग बिरामीले छुट माग्छन्, अनि हामीले यसरी जोड्छौं,' उनले भने, 'अरू धेरै केही भन्दिनँ, जे मन लाग्छ लेख्नुस् । मलाई केही फरक पर्दैन´, श्रेष्ठले मेयरसाप डटकमसँग भने ।

 

स्वास्थ्य सेवाजस्ताे  संवेदनशील विषय सस्ताे र सर्वसुलभ हुनुपर्नेमा निजी सञ्चालकहरूले मनाेमानी गर्दा पनि राज्यका जिम्मेवार निकायले यस्ता संस्थाकाे निगरानी र सुधार गर्न सेकेकाे देखिँदैन ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology