Ad Image

झापामा दश महिनामा १७ अर्ब बढी पुँजीगत खर्च

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747293421.jpg

झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८१\८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव  ५६ प्रतिशत भएको छ ।

 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि रु १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा रु चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ ।

 

“चालुतर्फ विनियोजित रु १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् रु १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ”, उनले भने ।

 

कार्यालयको तथ्याङ्क अनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् रु १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ ।

 

चालु आवको वैशाखसम्ममा जिल्लाभर रु १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व सङ्कलन भएको छ  ।