Ad Image

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747295427.jpg

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्ने गरी संरचना निर्माण गर्न लागेको हो ।

 

आयोजनाको आज शिलान्यास गर्दै महानगर प्रमुख रेणु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्धारमा टेवा पुग्ने गरी पार्क निर्माण गर्न लागिएको बताइन् । प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्नेहरूका लागि पनि पार्क उपयोगी हुने बताइन् । उनले भनिन, “तीनै तहका सरकारको सामूहिक लगानीमा नमुना पार्क बनाइने छ ।”

 

उप–प्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागिपरेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताए । उनले भने, “हामीले वन र वन्यजन्तु संरक्षण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ ।”