Ad Image

आमचोक गाउँपालिकामा जेठ ५ गते स्थानीय बिदा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747296400.jpg

खोटाङ । खोटाङको आमचोक गाउँपालिकामा यही जेठ ५ गते सोमबारका दिन पर्ने उभौली साकेन्वा पुजाको अवसरमा गाउँपालिका भित्रका सबै सरकारी तथा गैरसरकारी संघ–संस्थामा स्थानीय बिदा दिइने भएको छ ।

 

आमचोक गाउँ कार्यपालिकाको २०८२ वैशाख १२ गतेको निर्णयअनुसार बिदा दिने निर्णय गरिएको हो । उक्त दिन जन्तेढुङ्गा–४ डम्बर्खु शिवालयमा साकेन्वा पुजा तथा आमचोक–४ वालंखास्थित चण्डी डाँडामा धार्मिक मेला आयोजना गरिनेछ । वर्षमा दुई पटक—जेठ महिनामा उभौली र मंसिर महिनामा उधौली गरी साकेन्वा पुजा गरिन्छ ।

 

धार्मिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण यस पर्वले पछिल्लो समय धार्मिक पर्यटनको स्वरूप लिँदै गएको भन्दै सरोकारवालाहरूलाई सूचना दिइएको गाउँपालिकाले जनाएको छ ।