Ad Image

माडीमा दलित सशक्तिकरणका लागि पञ्चेबाजा तालिम सञ्चालन हुँदै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747304271.jpg

चितवन । बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय र माडी नगरपालिकाको संयुक्त लागत साझेदारीमा विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत ७ दिने पञ्चेबाजा तालिम सञ्चालन गरिने भएको छ ।

 

माडी नगरपालिका तथा सामाजिक विकास कार्यालयको आर्थिक वर्ष २०८१\८२ को स्वीकृत वार्षिक बजेट बमोजिम कार्यक्रम सञ्चालन गरिने भएको हो । तालिम माडी नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका दलित समुदायका इच्छुक व्यक्तिहरूका लागि लक्षित गरिएको छ ।

 

माडी नगरपालिकाले जारी गरेको सूचना अनुसार इच्छुक व्यक्तिहरूले ७ दिनभित्र निवेदन अनुरोध गरिएको छ । आवेदन दिने क्रममा नेपाली नागरिकताको प्रतिलिपी अनिवार्य रूपमा संलग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।