Ad Image

धनपालथान गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747306907.jpg

काठमाडौं । धनपालथान गाउँपालिकाले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा पुनः सुरु गरेको छ । गाउँपालिकाले अहिलेसम्म परिचयपत्र नबनाएका वा बनाए पनि नम्बर प्राप्त गर्न नसकेका लाभग्राहीहरूलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने जनाएको छ ।

 

गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नं. १ देखि ६ सम्मका लाभग्राहीहरूलाई तोकिएको मितिअनुसार गाउँपालिकाको कार्यालय, सोराभागबाट सेवा लिन अनुरोध गरेको छ ।

 

गाउँपालिकाले यसअघि विभिन्न कारणवश परिचयपत्र वितरण प्रक्रियाबाट छुटेका व्यक्तिहरूले तोकिएको समयमै सेवा लिन नआए भविष्यमा समस्या हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।