Ad Image

लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747308193.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार पाँचौं दिन पनि गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।

 

आज तीन सय २० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० दशमलव ६३ को कारोबार भएको हो । आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटेल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छ भने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।