Ad Image

‘सगरमाथा संवाद’ सुरु

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747370863.jpg

काठमाडौं । जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजित विशेष समारोहमा संवादको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा स्वदेश तथा विदेशका ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ ।

 

परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।

 

संवाद अन्तर्गत उद्घाटन सत्रपछि विषयगत र समानान्तर सत्रहरू सञ्चालन हुनेछन् ।

 

संवाद आइतबारसम्म चल्ने छ, जसमा जलवायु संकट, हिमाली पारिस्थितिकी प्रणालीको संरक्षण तथा मानव अस्तित्वसँग यसको सम्बन्धबारे छलफल हुने जनाइएको छ ।