चितवनमा खुर्पा प्रहार गरी बाबुले गरे छोरी र भतिजाको ह*त्या


चितवन । चितवनको भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा ४२ वर्षीय लिलाराज गिरीले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् ।
गिरीले छोरी प्रभा गिरी र दाजु दया गिरीका ६–७ वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते दुवैलाई चितवन मेडिकल कलेज, भरतपुरमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा आज बिहान दुवैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हत्या गरेपछि लीलाराजले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन् । हाल उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको कारण अझै नखुलेको र घटनास्थलको अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।