धर्मदेवी नगरपालिकामा पुनर्ताजगी तालिम सञ्चालन हुने


सङ्खुवासभा । धर्मदेवी नगरपालिकाले न्यायिक समिति अन्तर्गत कार्यरत मेलमिलापकर्ताहरूका लागि तीन दिने पुनर्ताजगी तालिम सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८१\०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिम मिति २०८२ जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने नगरपालिका कार्यालयले जनाएको छ ।
तालिम धर्मदेवी नगरपालिकाको सभाहलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको २०८२ जेठ १ गतेको न्यायिक समिति बैठकको निर्णय अनुसार कार्यक्रम तय गरिएको हो ।
नगरपालिकाले भित्रका सबै मेलमिलापकर्ताहरूलाई तालिममा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।
