Ad Image

सम्झौता भएका योजनाहरू समयमै सम्पन्न गर्न भुम्लु गाउँपालिकाको आग्रह

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747379440.jpg

भुम्लु । भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८१\०८२ मा सञ्चालनमा रहेका योजनाहरूको कार्य सम्पन्न मिति २०८२ जेठ २० गतेभित्र तय गरिएको भन्दै समयमै कार्य सम्पन्न गरी फरक फारक प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

गाउँपालिकाले सूचना जारी गर्दै, आर्थिक वर्षको अन्त्यतिर एकै पटक धेरै योजनाको भुक्तानी प्रक्रिया गर्दा कार्यभार बढ्ने, SUTRA तथा C-GAS प्रणालीमा प्राविधिक समस्या आउन सक्ने, र योजनाहरूको अनुगमन लगायतका प्रक्रियामा समय लाग्ने हुँदा, निर्धारित समयमै योजना सम्पन्न गरी आवश्यक कागजातसहित भुक्तानी प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।

 

गाउँपालिकाले सम्झौतामा उल्लेख भएअनुसार तोकिएको मिति भित्र योजनाको कार्य सम्पन्न गरी भुक्तानीको प्रक्रिया सहज बनाउने उद्देश्यले यो जानकारी सार्वजनिक गरेको जनाएको छ ।