Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बागलुङमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ३ गते १९:२४
Image of storage/news/1744983576.jpeg

बागलुङ । बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । १७ वर्षीय शिव थापा मगरको आज साँझ ४ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो । बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पु¥याइएको थियो । 
 

अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए । 


Facebook Comments