Ad Image

चितवनको गाइघाटमा टिपर दुर्घटना, चालकको सकुशल उद्धार

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durghatana.jpg

चितवन । भरतपुर महानगरपालिका–२९ गाइघाटस्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा आइतबार बिहान एक टिपर दुर्घटना भएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा।प्र। ०३–००१ क ०२१५ नम्बरको टिपर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि गाडीमा च्यापिएका चालकको सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण हेक्वा चितवनबाट खटिएको टोलीले चालकको उद्धार गरेको सशस्त्र प्रहरीका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।