Ad Image

एलन मस्कसँगको विवादपछि ट्रम्पले बेच्न लागे टेस्ला कार

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/trump mask.PNG

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले किनेको एलन मस्कको कम्पनी टेस्लाको कार बेच्ने भएका छन् । मस्कले ह्वाइट हाउस छाडेको एक सातामै उनीसँग वाकयुद्ध भएपछि ट्रम्पले मस्कसँग किनेको रातो टेस्ला गाडी बेच्न लागेका हुन्।

बिहीवार राष्ट्रपति ट्रम्पले सरकारी खर्च कटौतीका लागि मस्कको कम्पनीलाई दिइएको अनुदान रोक्ने र भएका सम्झौता रद्द गर्ने बताएका थिए । उनको यस्तो अभिव्यक्तिपछि मस्कले पनि ट्रम्पलाई आफूले राष्ट्रपति बनाएकोदेखि महाभियोग लगाउनुपर्ने सम्मका अभियव्यक्ति दिएका थिए । 

मस्कले एक्समार्फत आफूविरूद्ध आलोचनात्मक अभिव्यक्ति दिन थालेपछि ट्रम्पले पनि आफ्नो जबाफ फर्काएका थिए । ट्रम्प र मस्कबीच वादविवाद चलेको चौविस घण्टा नहुँदै ट्रम्पले टेस्ला कार बिक्री गर्ने भएको ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्।