Ad Image

गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक थापाविरुद्ध मानवअधिकार आयोगमा उजुरी

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prem chalaune.PNG

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाका विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । गृहमन्त्री र आईजीपीले अदालतको आदेशको समेत अवज्ञा गरेर आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै चलाउनेले आयोगमा उजुरी दिएका हुन् ।

फौज्दारी अभियोगमा दुई वर्षको कैद सजाय तोकिएका रुपेश साह, हरि प्रसाद आचार्य र नीरज राना मगरलाई गृहमन्त्री र आईजीपीले नै जोगाएर राखेको चलाउनेको आरोप छ ।

२०७७ साल असोज २० गते चलाउनेमाथि त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । उक्त घटनामा काठमाडौं जिल्ला अदालतले २०८० मङ्सिर ७ गते नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ र नीरज रानामगरलाई २ वर्ष कैद, जरिवाना र क्षतिपूर्ति भराउने आदेश भएको थियो । 

दोषी ठहरिएका आचार्य र मगर भागेर विदेश पुगेका छन् । उनीहरुलाई पक्राउ गरेर ल्याउन गृहमन्त्री र आइजीपीले रोकेको भन्दै चलाउनेले आयोगमा उजुरी दिएका हुन् ।