Ad Image

पतञ्जलि जग्गा प्रकरण: माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhab nepal adalat.PNG

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल बुधवार आफ्ना अधिवक्ताहरुसहित भ्रष्टाचार मुद्दामा बयानका लागि अदालतमा उपस्थित भएका हुन् ।

नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।