एसईईको नतिजा आयो, कसरी हेर्ने ?


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २।८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १।६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् । बोर्डले यस वर्षको एसईई परीक्षाको समग्र परीक्षाफल प्रकाशित गरे पनि विद्यार्थीको व्यक्तिगत नतिजा भने अपलोड हुने क्रममा रहेको छ । रिजल्ट हेर्नका लागि अझै केहीबेर कुर्नुपर्ने परीक्षा बोर्डले जनाएको छ । एसईईको नतिजा विभिन्न माध्यमबाट हेर्न सकिनेछ ।