कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि काठमाडौं महानगरले खुलायो आवेदन


काठमाडौं। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ । काठमाडौं महानगरको शिक्षा विभागले बुधवार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।
विद्यार्थीले आजैदेखि असार २७ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। परीक्षा साउन ३ गते हुने सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार परीक्षामा माध्यमिकत तह कक्षा १० को पाठ्यपुस्तकमा आधारित १०० वटा वस्तुगत वैकल्पिक प्रश्नहरु सोधिनेछन् ।
सूचना: