Ad Image

५ जना सवार खार्पुनाथ गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

हुम्ला । कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ ।  चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।  

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा२झ ४५८० नं को एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक अन्दाजी ३६ वर्षीय जङ्ग शाही घाइते भएको र हाल जिल्ला अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।