संवैधानिक परिषद् विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित


काठमाडौं । ’संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गर्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
अब सभामुख घिमिरेले यो संशोधन प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि यो कानुनका रूपमा लागू हुनेछ ।