Ad Image

प्रधानमन्त्रीसमक्ष त्रिविका नवनियुक्त उपकुलपति अर्यालले शपथ लिए

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-07-09 at 17.25.57.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट अर्याललाई आजै नियुक्त गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतको उपस्थिति थियो ।