मोबाइललाई चार्जरबाट छुटाउँदा करेन्ट लागेर मृ*त्यु

खोटाङ । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार राति मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर इन्द्रा गम्भीर घाइते भएकी थिइन् ।
घाइते इन्द्रालाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै मृत्यु भएको बराहापोखरी ४ का वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।
घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।