Ad Image

सर्‍यो सामान्य प्रशासन मन्त्रीको शपथ ग्रहणको समय

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhagwati_5aPKWAT5q8.jpg

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहण समारोहको समय सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नियुक्त न्यौपानेको शपथ आज साँझ ६ बजे हुने भएको छ ।

यसअघि दिउँसो ३ बजेका लागि तय भएको शपथ तीन घण्टा पछि सारिएको हो ।

यसअघिका मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस डिलको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।