साउन २१ गतेभित्र शिक्षा ऐन नआए सडकमा उत्रने महासंघको चेतावनी


काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारलाई २१ साउन २०८२ भित्र विद्यालय शिक्षा ऐन जारी गर्न अल्टिमेटम दिएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघले विगतका सहमतिहरू समावेश गरी विधेयक पारित नभएमा वा विपरीत प्रबन्ध गरिएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघका अनुसार, २०७५ देखि २०८१ सम्मका विभिन्न सम्झौता अनुसार अस्थायी शिक्षकको स्थायीत्व, बढुवा, ट्रेड युनियन अधिकार, विद्यालय कर्मचारी व्यवस्थापन लगायतका मागहरू ऐनमा समेटिनुपर्छ ।
१७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएपनि अहिलेसम्म कार्यान्वयन नभएपछि महासंघ आक्रोशित भएको हो । ऐन जारी नभए आन्दोलनबाट उत्पन्न हुने परिणामको जिम्मेवार राज्यपक्ष नै हुने महासंघले जनाएको छ ।