Ad Image

राप्रपामा आन्तरिक कलह चर्किँदै : सुवेदी र लावतीपछि उपाध्यक्ष गिरी पदमुक्त

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mukundashyam ghimire.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आन्तरिक किचलो चुलिँदै गएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट पदमुक्त गरेका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार यो निर्णय शुक्रबार गरिएको हो ।

लिङ्देनले असार २५ गते अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पनि पदबाट हटाएका थिए । लिङ्देनको उक्त कदमलाई स्वेच्छाचारी भन्दै उपाध्यक्ष गिरीसहित विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाहीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आलोचना गरेका थिए ।

अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेका पदाधिकारीहरूले नै गुटबन्दी गरी घेराबन्दी गरेको आरोप लगाउँदै आएका छन् । राप्रपामा हाल आठ उपाध्यक्ष छन्, जसमध्ये चारजना निर्वाचित र चारजना अध्यक्षद्वारा मनोनीत हुन् । सुर्खेतका गिरीलाई लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्षमा मनोनीत गरेका थिए ।