Ad Image

झुण्डिएको अवस्थामा मृ*त भेटिए पत्रकार प्रजापति

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prajapati.JPG

जनकपुरधाम । रौतहटको कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

शनिबार राति ९ बजे उनलाई झुण्डिएको अवस्थामा भेटिएपछि परिवारले अस्पताल पुर्याएका थिए, तर राति १० बजे चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।

कटहरिया म्युजिकल एफएममा कार्यरत प्रजापति केही दिनयता पारिवारिक तनावमा रहेको प्रहरीले जनाएको छ । जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की दिएको समेत खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुन सक्छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।