पहिरो पन्छाइएपछि बिपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान काभ्रेको रोशी गाउँपालिका–११, पिन्थलीमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले डोजर प्रयोग गरी पहिरो पन्छाइएको बताए ।
यस्तै, मध्य पहाडी लोकमार्ग अन्तर्गत खुकोटबाट कटारी जाने सडक पनि तीन ठाउँमा अवरुद्ध भएकोमा हाल त्यो पनि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।