Ad Image

चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दायर, २८ जना सोधपुछपछि रिहा

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chakre milan sab.jpg

काठमाडौं । जन्मदिन मनाउने क्रममा पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनसहित १९ जनामाथि प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको छ । 

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरिएको छ । महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिनको पार्टीमा होहल्ला र झडप गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । 

घटनामा संलग्न ४७ जनामध्ये २८ जनालाई भने सोधपुछपछि छाडिएको छ । प्रहरीका अनुसार, उनीहरूमध्ये केही होटलका ग्राहक र घटनामा असंलग्न व्यक्तिहरू थिए ।

पक्राउ परेका चक्रे मिलनसहित १९ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।