सुनकोशी नदीमा हाम फालेका ७० वर्षीय वृद्ध बेपत्ता


काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हाम फालेका वृद्ध बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हाम फालेर बेपत्ता भएका हुन् ।
शनिवार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवाबाट उनी सुनकोशी नदीमा हामफालेका थिए । उनले नदीमा हाम फालेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि प्रहरी चौकी पचुवारघाटको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता माझीको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।