Ad Image

माधव नेपालले भन्दैमा राजीनामा दिन्नँ : झलनाथ खनाल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhav-jhalnath.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव कुमार नेपालले भनेकै भरमा आफूले राजीनामा नदिने बताएका छन् ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी छोडेर जाने कल्पना पनि गर्न नसकिने बताए । अध्यक्ष नेपालले हालैको एक अन्तर्वार्तामा खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएपछि यो विवाद चर्किएको हो ।

खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ।’ उनले नेपालसँग २०३२ सालदेखि सहकार्य भए पनि अहिलेसम्मका कामबाट आफू सन्तुष्ट हुन नसकेको बताए ।

उनले आफूहरूको विवाद व्यक्तिगत नभई वैज्ञानिक समाजवादको बाटो समात्ने कि लोकतान्त्रिक समाजवादको भन्ने सिद्धान्तको रहेको स्पष्ट पारे ।