Ad Image

मुख्यमन्त्री लामा पदबाट राजीनामा दिन तयार

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bahadur je lama.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति भएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा शनिबार भएको भेटपछि मुख्यमन्त्री लामाले भोलि (आइतबार) राजीनामा दिने भएका हुन् ।

छलफलमा सहभागी सांसद रामकृष्ण चित्रकारका अनुसार, तीन बुँदे सहमतिमा भोलि राजीनामा दिने, आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढ्ने कुरा उल्लेख छ ।

लामाले संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि पनि पदबाट राजीनामा नदिने अडान लिएका थिए । तर, यस सहमतिपछि अब बन्ने बानियाँ नेतृत्वको सरकारमा लामाद्वारा नियुक्त मन्त्रीहरूको सहभागिता सुनिश्चित भएको छ ।