Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बौद्धमा युवकमाथि खु*कुरी प्रहार गर्ने २ जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ साउन १९ गते १३:२७
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई तथा मोरङको उर्लाबारी नगरपालिका–१ घर हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनले भने, ‘यही साउन १८ गते राति गोकर्णेश्वर–६ नारायणटार लामा पेट्रोल पम्प नजिक मकवानपुर घर भई गोकर्णेश्वर–४ गोकर्ण नाम्गेल  बस्ने २७ वर्षीय सुरेन्द्र थोकरलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा निजहरुलाई पक्राउ गरिएको हो ।’

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बौद्धबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरी अहिले वीर अस्पातलमा उपचार भइरहेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रवक्ता चन्दले बताए ।


Facebook Comments