भदौ दोस्रो हप्तादेखि आन्दोलन गर्ने शिक्षक महासंघकाे घोषणा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/teacher_s54pcojcgb_SkHK0QaLlc.jpg

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । 

सरकारलाई विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समयसीमा सकिएपछि बिहीबार बसेको महासंघको बैठकले यो निर्णय गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले समयभित्र ऐन जारी नगरेपछि हामी आन्दोलनमा जाने निर्णयमा पुगेका छौँ।’

उनले आन्दोलनका कार्यक्रमहरू तयार गर्न भदौ ३ र ४ गते राष्ट्रिय समितिको बैठक बोलाएको जानकारी दिए ।


Facebook Comments