कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1713257001_kailaikaragar.jpg

कैलाली । कैलाली कारागारमा आज कैदीबन्दीहरूबीच भएको झडपमा पाँच जना घाइते भएका छन् ।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार झडपको कारण भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जना कैदीको सरुवा थियो ।

उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा कैदीबन्दीहरूबीच विवाद हुँदा झडप भएको हो ।

घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी शिवराज जोशीले बताए ।


Facebook Comments