Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

उत्तराखण्डको बाढीपहिरोमा परेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो कूटनीतिक प्रयास

User Image मेयरसाप डेस्क | २०८२ साउन २० गते ०७:५९
Image of https://mayorsap.com/storage/photos/10/kp-olizz.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतमा आएको बाढीमा नेपाली समेत परेको खरबले आफूलाई चिन्तित बनाएको बताएका छन् । 

हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको समेत जानकारी दिएका छन् ।

‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ, उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो।’

उनी थप लेख्छन्, ‘बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’
 


Facebook Comments